१४ कार्तिक २०८१, बुधबार

श्री ब्यूटी अार्ट अाइकन नेपाल २०१९ र ब्यूटी ट्रेनिङ शो हुने (भिडियो सहित)



धनगढी । श्री ब्युटी आर्ट आइकन नेपाल २०१९ र ब्युटी ट्रेनिङ शो धनगढीमा हुने भएको छ । श्री ब्युटी पार्लर र गजवको इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउने चैत महिनामा ब्युटी आर्ट आइकन र ट्रेनिङ शो हुने भएको हो । गजवको इन्टरटेन्मेन्ट प्रालिका निर्देशक तथा कार्यक्रमका संयोजक दिप श्रेष्ठले ब्युटी आर्ट आइकनमा अविवाहित युवती र ब्युटी टे«निङ शोमा विवाहित महिलाहरुले सहभागी हुन पाउने छन् । उनले ब्युटी पार्लरको माध्यमबाट स्थापित हुन चाहने युवती तथा महिलाहरुलाई लक्ष्यित गरी कार्यक्रम आयोजना गरिन लागेको बताए ।

सुदूरपश्चिम प्रदेशबाट शुरु गरिएको कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने छ । श्री ब्युटी पार्लरकी सञ्चालक पुजा कुँवरले कार्यक्रममा दुई प्रकारको तालीम दिइने बताइन् । उनका अनुसार विवाहित महिलाहरुका लागि एक महिने आधारभूत तथा डिप्लोमा तालीम दिइने छ । जस अन्तरगत हेयर स्टाइल, हेयर डिजाइन, सम्पूर्ण मेकअप, कष्टुम डिजाइन, सेल्फ डिफेन्स, क्याटवाक, ¥यामवाक, उत्प्रेरणा कक्षा, व्यक्तित्व विकास, बैदेशिक रोजगारमुलक ब्युटीसियन तालीम, डिलरसीप सम्बन्धी तालीम र ब्युटीसियन प्रशिक्षक प्रशिक्षण तालीम दिइने छ । यसका लागि महिलाहरुले १५ हजार रुपैयाँ शुल्क तिनुपर्ने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

त्यसैगरी, युवतीहरुका लागि तीन महिने विशेष ब्युटीसियन तालीम दिइने छ । जस अन्तरगत फोटो ग्राफी मेकअप, फिल्म सुट मेकअप, एयर ब्रस मेकअप, आर्ड मेकअप, हेयर स्टाइल, नेचुरल मसाज, नेतृत्व विकास कक्षा, कष्टुम डिजाईन, बैदेशिक रोजगारमुलक ब्युटीसियन तालीम, उत्प्रेरणा कक्षा र व्यत्तित्व विकास तालीम दिइने श्रेष्ठले बताए । यस तालीमका लागि २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
अन्त्यमा तालीममा सहभागीहरुबीच प्रतियोगिता गराई विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिइने श्री ब्युटी पार्लरकी सञ्चालक कुँवरले बताइन् । उनले यि तालीमहरु काठमाडौं गएर सिक्नु पर्दा एक लाख रुपैयाँ भन्दा बढि खर्च हुने गरेको बताइन् । उनले ग्लोरी म्याक्स, स्किन माक्र्स र रिज्वलले सामाग्री र नेपाल ब्युटी संघले प्रशिक्षक सहयोग गरिरहेको हुनाले धनगढीमा सस्तो दरमा तालीमको व्यवस्था भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार