१६ पुष २०८२, बुधबार

प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सभा सिंगारिदै



धनगढी । प्रधानमन्त्री केपी शर्माओली आउने भएपछि सुदूरपश्चिम प्रदेश सभामा सिंगारिन थालिएको छ ।


सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रधानमन्त्री ओलीको स्वागतका लागि प्रदेश सभा हल र परिषरको सरफसाई सहित सिंगारपटार शुरु गरेको छ । सचिवलयका सचिव बालाराम शर्माले सभा हल सफाई र परिषरमा रंग रोगन गरिरहेको बताए । उनले प्रधानमन्त्रीको स्वागतका लागि परिषरमा रहेको रुख र संरचनाहरु सजावट गर्ने काम भइरहेको बताए ।
सचिवालयले प्रदेश सभा हलको झ्यालढोका समेत रंग्याएको छ भने हलमा कार्पेट नया“ हालेको छ । सचिव शर्माले प्रधानमन्त्रीको स्वागतका लागि दुई वटा गेट समेत तयार गरिने बताए । उनका अनुसार एउटा गेट मुल गेटमा बनाइने छ भने अर्को प्रवेशद्वारमा बनाइने छ ।
फागुन ८ गते बुधबार बिहान ठीक नौ बजे प्रदेश सभाको बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सम्बोधन गरिसकेपछि बैठक सकिने छ ।
बैठक सकिएपछि प्रधानमन्त्री ओलीले प्रदेशका ५३ जना सांसद्हरुसंग सामुहिक फोटो खिच्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताए । प्रधानमन्त्रीको विदाईपछि तत्कालै प्रदेश सभाको दोस्रो बैठक बस्ने छ । प्रदेश सभालाई सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद प्रस्ताव सभाको दोस्रो बैठकले पास गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार