७ पुष २०८१, आईतवार

महोत्सव मनाउन उडाएको हेलिकप्टर भारतीयको निगरानीमा, जासुशी गर्ने आशंका



धनगढी । सुदूरपश्चिम महोत्सव मनाउन धनगढीमा उडाइएको हेलिकप्टरलाई भारतले निगरानीमा राखेको छ ।

बिहिबार प्रकाशित भारतीय पत्रिकाहरुले सीमाना जोडिएको शहर धनगढीमा हेलिकप्टर उडाइएपछि भारतले सीमानामा सुरक्षा हाई अलर्ट गरेको जनाएका छन् । प्रकाशित समाचारमा मापदण्ड विपरित नेपालले उडान गरेको चर्चा गरिएको छ । भारतीय पत्रिका द हिन्दु, अमर उजाला, दैनिक जागरण लगायतले सीमानादेखि पाँच किलोमिटरभित्र उडान गर्दा छिमेकी देशलाई सूचना दिनुपर्नेमा कुनै जानकारी बिना उडान गरेको उल्लेख गरेका छन् । उनीहरुले सिभिल जहाज उडान गर्दा जासुसी हुन सक्ने शंका गरेका छन् ।
उनीहरुले भारतले सीमानामा बायु सेनाको टाली समेत पठाइसकेको जनाएका छन् । महोत्सवमा नीजी विमानलाई उडान भर्न नागरिक उड्डयन बिभागले सहमति नदिई सञ्चालनमा आउनै नसक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । उनले भने भारती अधिकारीको यस बारे कुनै गुनासो आफुलाई प्राप्त नभएको बताए ।


सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवलाई अरु वर्ष भन्दा फरक तरिकाले मनाउन तथा पर्यटकीयस्थल खप्तड र धनगढी सिटी अवलोकनका लागि हेलिकप्टर ल्याएको छ । हेलिकप्टरले मंगलबारदेखि धनगढीमा उडान गरिरहेको छ । बिहिबार भने हेलिकप्टर खप्तड गएको जनाएको छ ।
तर भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको ख्याल नगरी कञ्चनपुरको डोकेबजार, पुनर्वासमा रहेको सीमामा डोजर चलाई नाली खनेको र तारजाली लगाउँदा नेपाललाई कुनै जानकारी दिने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार