दश नामी समाजको प्रदेश समिति गठन
धनगढी । नेपाल दश नामी समाजको प्रथम सुदूरपश्चिम प्रदेश भेलाले हिमालय गिरीको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ ।
बिहीबार धनगढीमा भएको भेलालले प्रदेश उपाध्यक्षमा मधु भारती र गौरीशंकर गिरी, सचिवमा कञ्चन गिरी, सहसचिवमा उमेश गिरी तथा कोषाध्यक्षमा ईश्वर गिरी लगायत १७ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।
समितिको सदस्यमा तुलाराम गिरी, कृष्ण गिरी, लक्ष्मण गिरी, चेतराम पुरी, हरिप्रसाद गिरी, मदन गिरी, खगेन्द्र पुरी, तिलकराज पुरी, धवेन्द्र गिरी र गणेश गिरी चयन भएका छन् ।
भेलाले धनी गिरीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ त्यस्तै, १५÷१५ सदस्यीय युवा र महिला समिति पनि गठन गरिएको छ । युवा समिति कुम्भराज गिरी र महिला समिति तारा गिरीको अध्यक्षतामा गठन गरिएको छ ।
समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर भारतीको प्रमुख आतिथ्यमा भएको भेलामा समाजका केन्द्रीय कोषाध्यक्ष धु्रव गिरी, केन्द्रीय सदस्यहरू कृष्णराज गिरी, नारद पुरी, गोपाल गिरी, सरस्वती गिरी केन्द्रीय युवा समिति उपसंयोजक सुरेश गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।