१४ कार्तिक २०८१, बुधबार

सरकारविरुद्ध मसाल जुलुस



धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बुधबार सरकार विरुद्ध धनगढीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सरकारले डाक्टर गोविन्द केसीसँग विगतमा भएका सम्झौता उल्लंघन गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा डाक्टर केसीको अनसनप्रति सरकारले संवेदनहीन व्यवहार गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गर्नुपरेको जनाएको छ ।
प्रदर्शनका क्रममा धनगढीको एलएनचोकमा प्रहरी र प्रदर्शनकारीबीच केही बेर घम्साघम्सी चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार