लम्की लेडी जेसिजका पदाधिकारीको पदस्थापन
लम्की । लम्की लेडी जेसीज वर्ष २०१९ का नवनिर्वाचि पदाधिकारीहरूको मंगलबार पदस्थापन कार्यक्रम भएको छ । लम्की लेडी जेसिज वर्ष २०१९ का लागि गत ३ गते निर्वाचन भएको थियो ।
लम्की लेडी जेसिज, २०१९ का लागि अध्यक्षमा इशारा थापा, कार्यकारिणी उपाध्यक्षमा सरस्वती तिमिल्सेना र शान्ति चन्द, उपाध्यक्षमा सिर्जना काफ्ले, विरिन्द्रा धमाला, कल्पना थापा र सरना शाही निर्वाचित भएका थिए ।
त्यस्तै, जेसिजको विधान अनुसार महासचिवमा मीना विष्ट, कोषाध्यक्ष्मा हेमा पौडेल र कानूनी सल्लाहकारमा दुर्गा गुरुङ, सहसचिवमा गीता साउँद, कोषबृद्धि संयोजकमा रूपा स्वाँर थापा, तालिम संयोजकमा चन्द्राकुमारी धमाला, शाखा सम्पादकमा पूजा पाण्डे, प्रकरण निर्देशकमा पार्वती रोकाया र सदस्य बृद्धि संयोजकमा लक्ष्मी शाहीलाई मनोनित गरिएको छ ।
कार्यक्रम लम्की लेडी जेसीज वर्ष २०१८ का अध्यक्ष देवकी कार्कीको अध्यक्ष्यतामा शुरु भएको पदस्थापन कार्यक्रमको प्रमुख अतिथि लम्की जेसीजका संस्थापक अध्यक्ष सिनेटर हेमन्तकुमार वस्नेत रहेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रामबहादुर बिष्ट, लम्कीचुहा प्याब्सनका अध्यक्ष गोविन्द शाह, लम्की लेडी जेसीजका संस्थापक अध्यक्ष सुशीला शाही, लम्की जेसीजका अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी अध्यक्ष खडानन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लम्की जेसीजका अध्यक्ष मोहन ढुंगाना, बौनिया जेसिजका अध्यक्ष जनक विष्ट, टीकापुर जेसीजका अध्यक्ष गणेश साउँद, लम्की लेडी जेसीजका पूर्व अध्यक्ष निर्मलासिंह राठोर, बिमला सिंह गायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लम्की लेडी जेसिजका वर्ष १८ का देवकी कार्कीले कार्यक्रममा आमन्त्रित गरेका सबै अतिथि तथा कार्यसमितिका सदस्यहरूलाई मायाको चिनो प्रदान समेत गर्नु भएको थियो । साथै आफ्नो कार्यकाल सफल बनाउने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
सपथ ग्रहण पछि लगतै बोल्दै नव निर्वाचित लम्की लेडी जेसिज वर्ष सन् २०१९ का अध्यक्ष इसारा थापाले आफ्नो एक वर्षिय कार्यकालमा जेसिज व्यक्तित्व र नेतृत्व विकास गर्ने ठाउँ भएकाले यसमा सबै युवाहरू लाग्नुपर्ने आवश्यक्ता औल्यउँदै लम्की लेडी जेसिजले दिएको जिम्मेवारीलाई आफ्नो एक वर्षिय कार्यकालमा उदारणीय बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । साथै सामाजिक कार्य तथा पूर्व अध्यक्षहरूको सल्लाह अनुसार आफू अघि बढने बताए ।