१३ कार्तिक २०८१, मंगलवार

नयाँ शक्ति विद्यार्थी युनियनको प्रादेशिक भेला



मसुरिया । नयाँ शक्ति विद्यार्थी युनियन सुदूरपश्चिम प्रदेश समितिको प्रादेशिक भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार मसुरियामा भएको छ ।
नयाँ शक्ति विद्यार्थी युनियन सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सो कार्यक्रम भएको थियो ।
प्रादेशिक भेलाको नयाँ शक्ति पार्टीका सुदूरपश्चिम प्रदेश स्न्चार्ज कृष्णकुमार चौधरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम नयाँ शक्ति विद्यार्थी युनियनका प्रदेश इञ्चार्ज भरत लिसानीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष श्यामबाबु गौतम, केन्द्रीय सचिव नेत्र चापागाईं, केन्द्रीय उपमहासचिव टेकप्रसाद धमला, नयाँ शक्ति पार्टी कैलाली जिल्ला संयोजक राजेन्द्र देवकोटा, प्रदेशका संगठन प्रमुख भक्तबहादुर बिक, केन्द्रीय संरक्षण परिषद सदस्य खडकबहादुर साउँद, प्रदेश प्रवक्ता मीनराज वडू, केन्द्रीय सदस्य रमिता चन्द, युवा शक्तिका केन्द्रीय सदस्य करन साउँद, केन्द्रीय सदस्य प्रेमराज जोशी, केके विष्ट, भानुभक्त आचार्य र विद्यार्थी कर्णाली प्रदेश संयोजक तथा केन्द्रीय सदस्य रविकिरण हमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार