भेटनरी प्राविधिक हकहित संरक्षण समितिद्वारा ज्ञापन
धनगढी । नेपाल कृषि तथा भेटनरी प्राविधिक हकहित संरक्षण समिति कैलालीले पशुसेवा प्राविधिकलाई स्थानीय हतमा स्थायी दरबन्दी कायम गरी स्वतः स्थायी गर्नुपर्ने माग गरेको छ ।
समितिले एक गाउँ, एक कृषि तथा पशुसेवा प्राविधिकलाई स्थानीय तहमा स्थायी दरबन्दी कायम गरी स्वतः स्थायी गर्नुपर्ने माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष खगेन्द्र बोहराले कृषि भेटनरी, अमिन लगायतका प्राविधिक पद कायम गरी खुला विज्ञापन मार्फत पदपूर्ति गरी स्थानीय तहमा स्थायी दरबन्दी कायम गर्ने माग गर्दै शुक्रबार नै सबै ७७ वटा जिल्लाबाट समेत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
समितिको माग रहेको छ– “एक गाउँ, एक कृषि तथा पशुसेवा प्राविधिक सञ्चालन निर्देशिका, २०७३ बमोजिम विज्ञापन गरी लोकसेवा आयोगको मापदण्डका आधारमा छनौट भएर करारमा हाल स्थानीय तहमा खटिएर गएका एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिकहरूलाई स्थानीय तहमा स्थायी दरबन्दी कायम गरी स्वतः स्थायी गर्न माग पर्दछ ।”