मेरो बाबालाई चिठ्ठी कार्यक्रम शुरु
बौनिया । कैलालीको बर्दगोरिया गाउँपलिका वडा नम्बर ६ को आयोजना र सुआहारा कैलालीको प्राविधिक सहयोगमा सोमबार मेरो बाबालाई चिठ्ठी कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा, सुशासन तथा आमा र बालबालिकाको स्वास्थ्य पोषण प्रवद्र्धन सम्बन्धि छलफल गरिएको थियो । त्यस्तै समुदाय स्वास्थ्य प्राप्तांक बोर्ड र साथ कार्यक्रमको समीक्षा समेत गरिएको थियो ।
कार्यक्रम लागू भएपछि गाउँका गर्भवती महिलाहरूले नियमित स्वास्थ्य जाँच र खोप लगाइरहेको महिला स्वयंसेविकाहरूले बताए ।
कार्यक्रममा समुदाय स्वास्थ्य प्राप्तांक बोर्ड र साथ कार्यक्रमबारे सुआहारा कैलालीका अधिकृत नरबहादुर बिकले जानकारी दिएका थिए ।
कार्यक्रमको गाउँपालिका उपाध्यक्ष भगवतिदेवी डंगौराले उद्घाटन गरेकी थिइन् । कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डंगौराथारूको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सहजीकरण सुआहाराका कार्यक्रम संयोजक लोकेन्द्र थापाले गरेका थिए । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का सचिव लायकराम चौधरीले सञ्चालन गरेको कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाईजर सूर्य बस्नेत, सबनम कठरिया, बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक कृष्ण भट्ट, कोटातुल्सीपुर स्वास्थ्य चौकी प्रमुख तारा शाही, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।