कैलाली प्याब्सनको अध्यक्षमा रेग्मी विजयी
टीकापुर । प्याब्सन कैलालीको अध्यक्षमा डिल्लीराज रेग्मी विजयी भएका छन् । प्याब्सनको १३ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सचिवमा डिल्लीराज जैसी विजयी भएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्षमा टोपेन्द्र शाह, उपाध्यक्षमा हेमन्तकुमार बस्नेत, हेमप्रसाद भण्डारी, दयाराम सञ्ज्याल, सचिवमा डिल्लीराज जैसी, कोषाध्यक्षमा अमरबहादुर ओली, सहसचिवमा चक्रराज तिमिल्सेना, गोपाल शर्मा, तर्कराज भट्टराई, सहकोषाध्यक्षमा दिलिपसिंह आले निर्विरोध चयन भएका थिए ।
त्यस्तै, सदस्यहरूमा डम्बबरदत्त जैसी, मोहनबबहादुर खत्री, शंकरप्रसाद अधिकारी, टेकराज अवस्थी, झपट सोडारी, पे्रम साहू, देवबहादुर कुँवर, भवानीप्रसाद भाट, चेतराज देवकोटा र परमभक्त जैसी निर्विरोध चयन भएका छन् ।




