१४ कार्तिक २०८१, बुधबार

जोशीपुरको सार्वजनिक सुनुवाई



जोशीपुर । जोशीपुर गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनवाई कार्यक्रम गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा गाउँपालिकाका प्रशासन शाखा सचिव सिद्धराज जोशीले गत आर्थिक वर्ष २०७४/०७५ को २९ करोड ७१ लाख ७५ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार डंगौरा, पशुसेवा शाखा प्रमुख सन्तोषकुमार मल्ली, कृषि शाखा प्रमुख कविता कठरिया, आर्थिक शाखा प्रमुख नरेश विकले आ–आफ्नो शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमा गाउँपालिका उपाध्यक्ष गीतादेवी कठरिया, विभिन्न राजनीतिक व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार