२ जेष्ठ २०८१, बुधबार

फोक्सोमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना, सीसीयूको विशेष कोठामा उपचार हुँदै



काठमाडौँ । चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना भएका छन् । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् ।
अस्पतालका प्रा‍. डा. अरुण सायमीका अनुसार भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो। उनले भने, ‘फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ। नशाबाट एण्टोबायोटिक दिइरहेको छ।’
उनकोकोरोनरी केयर यूनिट(सीसीयू)को विशेष कोठामा उपचार भइरहेको छ ।
बिहान ८ बजे कान्तिपुरसँगको कुराकानीमा डा. सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुन थालेको जानकारी दिए।
भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी भएका थिए।

– इकान्तिपुर 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार