१० श्रावण २०८१, बिहीबार

अत्तरिया उवासंघमा देवकोटा प्यानल विजयी



अत्तरिया । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा अशोक देवकोटा विजयी भएका छन् । शुक्रबार राति सकिएको मतगणना अनुसार संघको नयाँ कार्यसमितिमा देवकोटाको नेतृत्वमा रहेको लोकतान्त्रिक प्यानल पुरै विजयी भएको छ ।
विजयी अध्यक्ष देवकोटाले चार सय पाँच मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम आचार्यले दुई सय ३० मत पाए ।
त्यस्तै संघको उपाध्यक्ष (उद्योग) मा कल्याण सिंह बोहरा, उपाध्यक्ष (वाणिज्य) मा कविराज भट्ट, र उपाध्यक्ष (वस्तुगत) मा कमल कठायत निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा यज्ञराज जोशी, कोषाध्यक्षमा सीतादेवी सोव र सचिवमा शंकरबहादुर खड्का विजयी भएका छन् ।
त्यस्तै, सदस्यमा देवराज भट्ट, दिलिपकुमार साउँद, दीपक बोहरा र रवीन्द्र खनाल चयन भएका छन् ।
दोस्रो साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । संघमा सात सय ३१ सदस्य रहेकामा छ सय ६८ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार