११ श्रावण २०८१, शुक्रबार

यातायात बन्दः मजदूरहरु र प्रशासनबीचको छलफल निष्कर्षबिहीन



धनगढी । यातायात मजदुर संगठन र कैलाली जिल्ला प्रशासन कार्यालयबीच बिहीबार भएको छलफल निष्कर्षबिहिन रुपमा टुंगिएको छ ।
तीन दिनदेखि जारी यातायात बन्दले आम नागरिकलाई सास्ती भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको पहलमा बिहीबार यातायात मजदुरहरुसंग छलफल भएको थियो ।
छलफलका क्रममा यातायात मजदुरहरुले आफुहरुले यातायात सञ्चालनमा रोक नलगाएको दाबी गरे । सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले सवारी चालकहरुको अगुवाई कसले गरिरहेको छ ? भन्ने आफूरुलाई जानकारी नभएको र एउटा पर्चाका आधारमा सबै चालकले सवारी चलाउन बन्द गरेको जानकारी गराएका थिए ।
नया“ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा पा“च वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएकोमा त्यसको विरोध गर्दै देशका विभिन्न जिल्लामा यातायात चालक तथा मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका क्रममा सुदूरपश्चिम यातायात व्यवसायी संघले भने समन्वयको प्रयास गरेको बताएको छ । अध्यक्ष सापकोटाले आन्दोलन जायज भए पनि व्यवस्थित भएर आन्दोलन गर्न चालकहरुलाई आग्रह गरेको बताए । आन्दोलनमा उत्रिएका चालकहरुलाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्केको सापकोटाले जानकारी दिए ।
जिफण्टका प्रतिनिधि चक्रबहादुर मल्लले आन्दोलन कसको नेतृत्वमा भइरहेको भन्ने आफूहरुलाई जानकारी नभएको बताए । ‘हामीले सवारी साधन चलाउन चालकहरुलाई अनुरोध गरिरहेका छौ’ उनले भने– तर, सवारी साधन चलाउदा तोडफोड तथा आक्रमण हुने डर छ । उनले सरकारले सुरक्षा दिए यातायात सञ्चालन गर्न समस्या नरहेको बताए । भने– हामी चलाउन खोजिरहेका छौं । कहा“बाट कसले कसरी तोडफोड गर्छ थाहा छैन । रातीको समयमा काठमाडौंबाट धनगढी आएका सवारी साधनहरु तोडफोड भएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैलाई काममा बोलाएर सार्वजनिक यातायात सञ्चालन गराउन पहल गर्न आग्रह गरे । उनले भने– तपाईंहरु यातायात चलाउनुहोस्, प्रशासनले सुरक्षा दिनेछ । उनले एक जिल्लाबाट अर्को जिल्ला जा“दा प्रशासन कार्यालयसंग सुरक्षाका लागि समन्वय गर्न आग्रह गरे ।
नया“ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै केही दिनदेखि कैलालीसहित देशभरीका सवारी चालकहरुले सवारी साधन चलाउन बन्द गरेका छन् ।
चालकहरु आन्दोलनमा उत्रिएपछि प्रदेश ७ को सार्वजनिक यातायात बन्द रहेको छ । उनहिरु असोज १ गतेदेखि नै आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार