१२ श्रावण २०८१, शनिबार

कैलाली दैनिक आठौं वर्षमा प्रवेश



धनगढी । धनगढीबाट प्रकाशन भइरहेको कैलाली दैनिक प्रकाशनको सातौ वर्ष पुरा गरी शुक्रबारदेखि आठौं वर्षमा प्रवेश गरेको छ ।
सो दैनिक आठौं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले उद्घाटन गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण, समाजमा भइरहेको अपराधिक क्रियाकलापलाई न्यूनीकरण लगायतका विषयमा मिडियाको प्रभावकारी भूमिका लागि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठ विकास निर्माण कार्यको अनुगमन तथा नियमन, समाजमा भइरहेको विभिन्न किसिमका अपराधिक क्रियाकलाप नियन्त्रण, चोरी तस्करी, लागूऔषध नियन्त्रण, जोमिख न्यूनीकरण, प्रशासनिक पहुँच लगायतका विषयलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सत्यतथ्य समाचार सम्प्रेषण गरी पत्रकारहरूले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको चर्चा गरे । उनले आर्थिका समृद्धि, संघीयता कार्यान्वयन लगायत संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न पत्रकारहरूलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वाँर, उमीदप्रसाद बागचन्द, कर्ण शाह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ का अध्यक्ष अर्जुन शाह, जिल्ला अध्यक्ष जगत साउँद, पत्रकार वीरेन्द्र रावल, शिवराज भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै मर्यादित पत्रकारिताबारे चर्चा गरेका थिए ।
कैलाली दैनिकका प्रकाशक/सम्पादक गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता मीनबहादुर बोगटीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन डिएल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार