१२ माघ २०८१, शनिबार

कैलाली बहुमुखी क्याम्पसलाई चार विधामा अवार्ड



धनगढी । प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो र अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित कैलाली बहुमुखी क्याम्पसले चार विधामा अवार्ड प्राप्त गरेको छ ।
न्यू बिजनेश स्कुल रेटिङ र्‍याकिङ अन्तर्गत कैलाली बहुमुखी क्याम्पसले नेपालमै सर्वाधिक चार विधामा अवार्ड प्राप्त गरेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर पदमराज जोशीले जानकारी दिए ।
कैलाली बहुमुखी क्याम्पसले नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पस, उत्कृष्ट दश एमबीएस स्कुल, उत्कृष्ट १० बीबीएस स्कुल र प्रदेश नम्बर ७ को उत्कृष्ट बी स्कुलको अवार्ड प्राप्त गरेको छ ।
विभिन्न संकायमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको कैलाली बहुमुखी क्याम्पसमा प्रदेशको नौ वटै जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार