बटुवाहरूलाई पानी



धनगढी । धनगढीस्थित जयमालिका कलेजका विद्यार्थी समूहले मंगलबार धनगढीमा बटुवाहरूलाई पानी वितरण गरेका छन् ।
जयमालिका कलेज धनगढीस्थित समाज कार्य (बीएसडब्लु) विषय अध्यनरत विद्यार्थी समाजद्वारा आयोजित कार्यक्रममा शुद्ध खानेपानी उद्योग र युवा शान्ति परिषदले सहयोग गरेका थिए ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले बटुवा तथा यात्रुलाई पानी पिलाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
मेयर वडले आ–आफ्नो टोलमा हुने गरेका विकासका काम के कसरी सञ्चालन भइरहेका छन् भन्नेबारेमा निगरानी राख्न पनि विद्यार्थीलाई आग्रह गरेका थिए । सवैले आ–आफ्नो क्षेत्रमा हुने विकास निर्माणका काममा निगरानी गर्ने र गलत भएको पाइएमा खबरदारी गर्ने गरेमा विकासका कामले गति लिने उनले बताए ।
जयमालिमा कलेजका प्राचार्य भीमबहादुर वोहराले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्