मन्त्री मगरद्वारा लिंगा क्षेत्रको भ्रमण



वेदकोट । खानेपानी मन्त्री बिना मगरले वेदकोट नगरपालिकास्थित पर्यटकीय स्थल लिंगा क्षेत्रको भ्रमण गरकी छन् । आन्तरिक पर्यटनको केन्द्र बनेको लिंगा क्षेत्रको अवलोकन गर्दै मन्त्री मगरले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताइन् ।
बेदकोट नगरपालिका भ्रमणका क्रममा बेदकोट उद्योग वाणिज्य संघले छेला औद्योगिक क्षेत्रको स्थापनामा पहल गर्न आग्रह गरेको छ । संघका अध्यक्ष शंकरबहादुर चन्दले वन मन्त्रालयमा अड्किएको औद्योगिक क्षेत्रको फाइल अगाडि बढाउनका लागि पहल गरिदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्