२ माघ २०८१, बुधबार

काँग्रेस कडा प्रतिपक्षको भूमिका निर्वाह गर्छ– सिटौला



धनगढी ।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले संसदमा कडा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
नेता सिटौलाले सांसदीय दलको नेता छनौट गर्दा पार्टीका सांसदहरूलाई पार्टीको गुटउपगृट भन्दा माथि उठ्न आग्रह गरे ।
नेपाली काँग्रेस अब सत्तामा कडा प्रतिपक्ष भएर बस्छ’ शनिबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले भने– त्यसका लागि संसदीय दलमा सक्षम नेता आवश्यके छ । उनले आफुले सबै सांसदलाई गुटभन्दा माथि उठेर नेतृत्व छनौट गर्न आग्रह गरिरहेको बताए ।
अहिले पनि देशको राजनीतिक मियो भनेको नेपाली काँगे्रस नै हो’ उनले भने– हामी निर्वाचनमा पराजय भए पनि नेपालको राजनीतिक विकासमा हाम्रो नै अहम् भुमिका रहने छ ।
उनले चुनावमा पार्टीको पराजयको कारण पार्टीभित्रै रहेकोले गहन समिक्षा हुनुपर्ने बताए । नेपाली काँग्रेस कै नेतृत्वमा नयाँ परिवर्तन आयो तर, पार्टीभित्र परिवर्तन आएन नेता सिटौलाले भने– नेपाललाई संघीय राज्य व्यवस्थामा हामीले प्रवेश गरायौं, तर पार्टी भित्रको निर्णय प्रक्रिया केन्द्रिकृत नै भयो । उनले पार्टीभित्र आमुल परिवर्तन आवश्यक रहेको बताए । उनले पार्टीको मुल ताकत एवं आधार गाउँस्तर नै भए पनि वैचारिक नीति ल्याउने केन्द्र नै भएकोले पार्टीको पराजयको समिक्षा हुनुपर्ने बताए ।
उनले महासमितिले महाधिवेशन बोलाउने वा नबोलाउने निर्णय गर्ने पनि बताए ।
नेपाली काँग्रेसले छायाँ सरकार गठन गर्दै छ पत्रकारको एक जिज्ञासामा उनले भने– सत्तामा रहेका व्यक्तिलाई गलत निर्णय गर्नबाट रोक्न पार्टीले प्रत्येक मन्त्रालयमा प्रतिनिधि खटाएको हो । उनले यो छायाँ सरकार नभई गणतान्त्रिक व्यवस्थामा कडा प्रतिपक्षले मन्त्रालयका गतिविधि नजिकबाट नियाल्नु जरुरी रहेको र गणतान्त्रिक व्यवस्थामा स्वाभाविक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार