२ माघ २०८१, बुधबार

अपराध अनुसन्धानका लागि कुकुर शाखा स्थापना



धनगढी । प्रदेश ७ मा प्रहरी अनुसन्धान कार्य सजिलो बनाउन पहिलो पटक तालिम प्राप्त कुकुरको शाखा व्यवस्था गरिएको छ । सो शाखाको बिहीबार एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ ।
७ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले गरे संघीय इकाइ प्रहरी कार्यालय परिसरमा रहेको शाखाको उद्घाटन गर्दै सीमा क्षेत्रबाट अवैध रुपमा हुने लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि नियन्त्रणमा कुकुले सघाउने विश्वास व्यक्त गरे ।
यसअघि सात नम्बर प्रदेशमा अपराधिक गतिविधिमा संलग्न भएकाहरुको पहिचान वा खोजीका लागि काठमाण्डौंबाट तालिम प्राप्त कुकुर ल्याउने गरिएको थियो । यसै क्षेत्रमा कुकुर शाखा गठन भएपछि अब काठमाण्डौंबाट कुकुर मगाउने झन्झट हट्ने विश्वास गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट हाल यहाँ जर्मन सेफर्ड दुई वटा र ल्याब्राडोर २ वटा गरी ४ वटा कुकुर ल्याइएको छ ।
करिब ५९ लाखको लागतमा ६ वटा कुकुर राख्न मिल्ने गरी ९ कोठे भवन समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार