११ श्रावण २०८१, शुक्रबार

पोशाक प्रतिस्पर्धा



धनगढी । धनगढीस्थित सिडलिङ जोन मण्टेश्वरी स्कुलले आफ्नो पाँचौं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यार्थीहरूको पोशाक प्रतिस्पर्धा कार्यक्रम गरेको छ ।
शनिबार विद्यालयका विद्यार्थीहरूबीच विभिन्न पहिरनमा प्रतिस्पर्धा गरिएको थियो । प्रतिष्पर्धामा अर्धनारिश्वरको रूपमा प्रस्तुत भएका अनय अग्रवाल प्रथम, महिला हिंसाका विरुद्धमा प्रस्तुत भएकी तानिषी भुजनिया द्वितीय तथा जीवितकुमारी देवीको रूपमा प्रस्तुत भएका आरुष अवस्थी र सदिक्षा पाण्डे तृतीय भएका थिए ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै संस्थाका अध्यक्ष हरि रेग्मीले कलिला बालबालिकाभित्रको कलालाई प्रस्फुटन गराउन यस्ता कार्यक्रम सञ्चाmन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार