१२ श्रावण २०८१, शनिबार

इष्टुद्वारा विभिन्न व्यक्ति सम्मानित



धनगढी । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) कैलालीले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
सोमबार ईष्टुले पाँचौ शैक्षिक सम्मान कार्यक्रमको आयोजना गर्दै जिल्लाका प्राध्यापक, प्राचार्य, शिक्षकहरूलाई सम्मान गरेको हो ।
सो अवसरमा प्राध्यापक डाक्टर हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक गणेशराज जोशी, सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख पुष्पराज जोशी, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्टलाई सम्मान गरियो ।
त्यस्तै, शारदा विद्या निकेतनका प्राचार्य भुपेन्द्र बलायर, हिलवल्र्ड विद्यालयका प्रिन्सिपल डिल्लीराज धिताल शर्मा, नवदुर्गा विद्यालयका प्रिन्सिपल अम्बिकाप्रसाद आचार्य, होल्याण्ड स्कूलका फाउण्डर मानबहादुर चन्द, वेष्टर्न क्रिष्टल एकेडेमीका प्रिन्सिपल निर्मला खड्का कुँवर, ईष्टुका पूर्व अध्यक्ष धर्मराज भट्ट, शिक्षक सत्यनारायण चौधरी, यादवप्रसाद भट्ट, नवराज पन्त, अभिभावक जीतेन्द्रलाल तुलाधर, सुरेश हमाललाई पनि सम्मान गरियो ।
ईष्टुका अध्यक्ष तीर्थराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा एश्वर्य विद्या निकेतनका क्याम्पस प्रमुख धर्मदेव भट्ट, अधिवक्ता डा. जानकी तुलाधर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ईष्टुका उपाध्यक्ष शिवराज जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव टेकराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार