श्री एयरलाइन्स डिपिएलमा पार्टनर
धनगढी । धनगढीमा आगामी चैत्रमा हुने धनगढी प्रिमियर लिग (डीपिएल) मा श्री एयरलाइन्स अफिसियल पार्टनरका रूपमा रहने भएको छ ।
आइतबार काठमाडौंमा डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच भएको सम्झौतापत्रमा एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एअरलाइन्सका अपरेसन डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरे ।
सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई १० लाख रुपैयाँ बराबरको प्रयोजन सहयोग गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्री एअरलाइन्सका अपरेसनल डिरेक्टर गिरीले नेपाली क्रिकेट खेलाडीहरूले पछिल्लो समय देशको गौरव बढाइरहेकाले आफूले पनि क्रिकेटसँग जोडिन पाउँदा खुशी महसुस भइरहेको बताए ।
यस्तै, एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगितामा सवैको साथ सहयोगले अगाडि बढिरहेकाले डीपिएलसँग जोडिएकोमा श्री एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरे ।
डीपिएल–२ मा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै तेस्रोले ३ लाख तथा चौथोले २ लाख पाउनेछ । चैत १७ गतेबाट धनगढीमा हुने डीपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्र नगर द युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।