आज नै सभामुखको सपथ



धनगढी । सात नम्वर प्रदेशका सभामुखको सपथ आज नै हुने भएको छ । सभामुख पदमा बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापाको मात्र उम्मेदवारी रहेको छ । आइतबार सभामुख पदको उम्मेदवारीमाथि दाबी विरोधको समय रहेको थियो । उम्मेदवारीमाथि कुनै दाबीविरोध नपरेपछि सोमबारको संसद वैठकबाट उनलाई औपचारिक रूपमा सभामुखमा निर्वाचित घोषणा गरिने बताइएको छ ।
प्रदेश नम्वर सातका मुख्य सचिव लक्ष्मीराज पौडेलका अनुसार सभामुखको सपथ सोमबार साँझ ५ बजे प्रदेश प्रमुख मोहनराज मल्लको कार्यालयमा हुने भएको छ ।
शनिबार सभामुखको मनोनयन कार्यक्रम रहेको थियो । मनोनयनमा प्रदेश सांसद थापाको एक्लो उम्मेदवारी परेको थियो । संसदले आइतवार उम्मेदवारका विरुद्ध कुनै दावी विरोध पाउने कार्यक्रम राखेको थियो ।
संसद सचिवालयका सचिव मुरारी महतले सभामुखका उम्मेदवार थापाका विरुद्ध कुनै पनि दावी विरोध नपरेको जानकारी दिए । सचिव महतका अनुसार आज (सोमबार) दिउँसो १ बजे उम्मेदवार थापाको नाम सभामुखका लागि निर्णयार्थ प्रस्तुत गरिने छ ।
प्रदेश सभा मा नेकपा (एमाले) एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन । थापा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्