३१ भाद्र २०८१, सोमबार

जन्मदिनमा असहायलाई भोजन



बौनिया । नेपाल पत्रकार महासंघ कैलालीका सदस्य रविना चौधरीले शनिबार आफ्नो जन्मदिनका अवसरमा अपाङ्ग, अशक्त तथा असहायलाई एक छाक भोजन गराएकी छन् ।
आफ्नो २० औं जन्मदिन मनाउने क्रममा पत्रकार रविनाले कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका अपाङ्गता भएका, अशक्त तथा असहायलाई भोजन गराएकी थिइन् ।
सो अवसरमा वडा नम्बर २ का वडाध्यक्ष भिख्खु चौधरी, लालीगुराँस सेवा समाजका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, असहायका लागि सहयोगी हातहरू नेपालका अध्यक्ष बलबहादुर बिष्ट, पत्रकार पदम ओझा, राजेन्द्र रावल लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार