३० बैशाख २०८१, आईतवार

कैलालीको चिप्लेघाटमा फेरी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



सुखड । कैलालीको मोहन्याल गाउँपालिका–७, चिप्लेघाटमा आइतबार फेरी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तीमध्ये एक गम्भीर छन् ।
राष्ट्रिय माध्यमिक विद्यालय सोल्टाका सहायक प्रधानाध्यापक वीरबहादुर भण्डारीका अनुसार कैलाली र सुर्खेतको सीमामा पर्ने चिप्लेघाटमा फेरी तार्नेक्रममा दुर्घटना हुँदा मोहन्याल गाउँपालिका–६, सोल्टाका ३५ वर्षीय टेकबहादुर बिष्टको ज्यान गएको हो ।
दुर्घटनामा परि मोहन्याल गाउँपालिका–७, ओखरेकोटका सुमन बोहरा र तारा अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार