२१ आश्विन २०७९, शुक्रबार

जनतासंग उम्मेदवार कार्यक्रम : उम्मेदवार भन्छन्– आर्थिक समृद्धिका लागि प्रतिवद्ध छौं



धनगढी । कैलालीको धनगढीमा बिहीबार विभिन्न दलका उम्मेदवारहरू एक मञ्चमा बसेर जनतासंग अन्तरक्रिया गरेका छन् ।
मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाका आयोजनामा भएको कार्यक्रममा विभिन्न दलका उम्मेदवारहरूले आफू जितेमा क्षेत्रको आर्थिक विकासका लागि प्रतिवद्ध भएको बताए ।
कार्यक्रममा बाम गठबन्धनका क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाले आफूले जितेमा यस क्षेत्रको विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
उनले आफूले जितेमा धनगढीलाई समृद्ध महानगर बनाउने, धनगढी विमानस्थलको स्तरोन्नती, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तथा कृषि मैत्री, अपाङ्ग, महिला तथा बालबालिका मैत्री नीति बनाउने बताए ।
विवेकशील साझा पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेशराज भण्डारीले सुदूरपश्चिमका जनताको समृद्धि र विकासका लागि उम्मेदवारी दिएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य ख क्षेत्रका उम्मेदवार डिल्लीराज पन्तले सुदूरपश्चिमको विकासका लागि काँग्रेसको जीत आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्