पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । विष्टको शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर पीडित थिए । विष्ट तीनपटक प्रधानमन्त्री र शाहीकालमा मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
९० वर्षीय विष्ट २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।