११ श्रावण २०८१, शुक्रबार

तीन वडा पूर्ण खोपयुक्त घोषणा



धनगढी । धनगढी उपमहानगरपालिकाका तीन वडालाई शुक्रबार पूर्ण खोपयुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका वडा नम्बर १५, १६ र १७ (साविक उर्मा गाविस) लाई एक कार्यक्रमबीच पूर्ण खोपयूक्त घोषणा गरिएको थियो ।
उपमहानरपालिकाको वडा नम्बर १५ मा एक सय १३, वडा नम्बर १६ मा एक सय १२ र वडा नम्बर १७ मा एक सय छ बालबालिकाले १० वटा रोगविरुद्धको सबै खोप प्राप्त गरेपछि ती वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
नगरस्तरीय पूर्ण खोप समन्वय समितिको आयोजनामा भएको समारोहमा धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै ती वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरे ।
सो अवसरमा नगरप्रमुख वडले पूर्ण खोप घोषणा गरेर मात्रै नपुग्ने भएकाले दिगो बनाइराख्न स्वास्थ्यकर्मी, स्वयंसेविका, समाजसेवी सबैले भूमिका निर्वाह गर्नुपर्ने चर्चा गरे ।
सरकारले सन् २०१७ भित्र देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्न लिएको लक्ष्य अनुसार कैलाली जिल्ला सफल हुने जनस्वास्थ्य प्रमुख टंकप्रसाद चापागाईले बताए ।
उनले सरकारको लक्ष्यअनुसार कैलाली जिल्ला निर्धारित समयमै पूर्ण खोपयुक्त जिल्ला बन्ने बताए ।
कैलालीमा धनगढीका १४, टीकापुर नगरपालिका केही वडा र चुरेको खैराला अझै पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् ।

कात्तिक २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार