३ आश्विन २०८१, बिहीबार

जेटिकप क्रिकेट : जनजागृति, लिटिल र नाता विजयी



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा जनजागृति, लिटील फ्लावर र नाता विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा जनजागृतिले नव बालबाटिकालाई १२ रनले पराजित गर्‍यो ।
टस हारेर पहिले ब्याटिङ गरेको जनजागृति चौरीले १५ ओभरमा नौ विकेट क्षतिमा ९७ रन बनायो । जनजागृतिका बनक ढकालले ३१ रन बनाए ।
बालबाटिका अभिषेक विकले तीन तथा मानव विष्टले दुई विकेट लिए ।
९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नवबालबाटिका १५ ओभर खेल्दै नौ विकेट क्षतिमा ८६ रनमा समेटियो । सो खेलमा जनजागृतिका वनक ढकाल म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा लिटिल फ्लावरसंग क्याम्ब्रिज बलियाले ७० रनको लज्जास्पद हार बेहोर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले १५ ओभरको खेलमा नौ विकेट गुमाएर ९७ रन बनायो ।
जवाफमा क्याम्ब्रिज बलिया नवौं ओभरमा २७ रनमा अलआउट भयो । क्याम्ब्रिजलाई ७० रनको फराकिलो अन्तरले हराउने क्रममा खेलका म्यान अफ दि म्याच समेत भएका प्रेम बमले छ विकेट लिए ।
शुक्रबार नै भएको अन्तिम खेलमा नाता एकेडेमी लम्की नौ विकेटले विजयी भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको द सनराईज स्कुलले निर्धारित १५ ओभरमा आठ विकेट क्षतीमा एक सय १० रन बनायो । सनराईजका आषिक बमले २२ बलमा पाँच छक्का हिर्काउदैे ४१ रन बनाए ।
एक सय ११ रनको विजयी लक्ष्य सहित ब्याटिङ गरेको नाताले १४ दशमलव दुई ओभरमा एक बिकेट क्षतिमा लक्ष्य पुरा गर्‍यो ।
क्याम्ब्रिजका कप्तान डेविडराज गिरी र रविन रावलले ९० रनको साझेदारी गरेका थिए । रविनले अनआउट ४९ रन बनाए भने डेविडले २८ रनको योगदान दिए । तीन विकेट समेत लिएका रविन खेलको म्यान अफ दि म्याच भए ।
आज (शनिबार) प्रतियोगिताको ब्राईट फयूचर र आर्दश नमुना, लिटिल फ्लावर र न्यु स्टार तथा बसन्तमुरारी र पानसदिपबीच खेल हुने जनाइएको छ ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयका टिमको सहभागिता रहेको छ । जेटिकप क्रिकेट एकेडेमीकाका संयोजक जीवन सुनारले प्रतियागिता आगामी २ गतेसम्म सञ्चालन हुने बताए ।

कात्तिक २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार