घोडाघोडीमा बाम गठबन्धनको सम्पर्क कार्यालय खुल्दै
सुखड । बाम गठबन्धनले सुखडमा प्रदेश सभास्तरीय सम्पर्क कार्यालय खोलेर चुनावी गतिबिधि अगाडि बढाउँदै चुनाबी गतिबिधिलाई तीब्र बनाएको छ ।
शुक्रबार प्रदेससभा ३ ख मा सम्पर्क कार्यालय खोलेको संयुक्त गठबन्धनका संयोजक खडक रावतले बताए । साथै आज वडा नम्बर ८ र ६ मा खोलिएको उनले बताए ।
संयुक्त कार्यालय उद्घाटनमा क्षेत्र नम्बर ३ प्रदेश सभा ख का गठबन्धनका उमेदवार
अमर साउँदले बाम गठबन्धनको जित सुनिस्चित भएकोले बताए । बाम गठबन्धनको जितले देश समृद्धिको बाटोमा अघि बढ्ने साउँदले जिकिर गरे।