सडक दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम



लम्की । सड्क दुर्घटनालाई न्यूनीकरणका लागि सचेतना बृद्धि गर्न शुक्रबार कैलालीको लम्कीमा कार्यक्रम आयोजना भएको छ ।
लम्की जेसीज सप्ताहको पाँचौं दिन ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमको अयोजना गरिएको थियो । सो अवसरमा सवारी चालक, सवारी धनी तथा यात्रुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको थियो ।
लम्की जेसीज, लम्की लेडी जेसीज र ट्राफिक प्रहरी कार्यालय लम्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो । सो अवसरमा लम्की ट्राफिक प्रहरी कार्यालय इञ्चार्ज शोभानसिंह कार्कीले ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्