४ माघ २०८१, शुक्रबार

भजनीमा बाम भेला



भजनी । कैलालीमा संयुक्त बाम भेला धमाधम भइरहेका छन् । यस क्रमश: शुक्रबार भजनीमा संयुक्त बाम भेला भएको छ । भेलाले संयुक्तरूपमा चुनावी गतिविधि अघि बढाउने निर्णय गरेको छ ।
भेलामा माओवादी नेता तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को १ का उम्मेदवार वीरभान चौधरीले बाम एकता समयको माग भएको चर्चा गर्दै बामगठबन्धन जीतेमा जनहीतमा धेरै काम गर्न सकिने बताए ।
प्रतिनिधि सभाका उम्मेदवार गौरीशंकर चौधरीले इतिहासमा पहिलो पटक बनेको सिद्धान्त मिल्नेबीचको एकता सफल बनाउन सबै बामपंथी बिचार भएकाहरुको जिम्मेवारी भएको बताए ।
एमाले कैलाली जिल्ला कमिटीका सचिवालय सदस्य बिमल जोशी, सदस्य दीर्घ जोशी कापडी लगायतले स–साना मतभिन्नता त्यागेर बामगठबन्धन जिताउन लाग्न एमाले र माओवादी कार्यकर्तालाई आग्रह गरे ।
भजनी नगर सन्योजक समेत रहेका एमाले नेता बिमल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नगर सन्योजक छोटेलाल चौधरी लगायतले बोलेका थिए । यसैबीच शुक्रबार नै भएको एमाले भजनी नगर कमिटीको भेलाले पुर्व जिल्ला कमिटी सदस्य मोती बिकको सन्योजकत्वमा ३०१ सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन भएको छ ।
कार्यक्रम नगर संयोजक जोशीको अध्यक्षतामा भएको थियो । बैठकले रिक्त नगर सचिवमा प्रदीप मल्ललाई चयन गरेको छ ।

कात्तिक २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार