११ श्रावण २०८१, शुक्रबार

कैलालीमा विश्व खाद्यअधिकार दिवस मनाइँदै



धनगढी । जिल्ला खाद्यअधिकार सञ्जाल, कैलालीले विविध कार्यक्रम सहित ३७ औं विश्व खाद्यअधिकार दिवस मनाउने भएको छ । सञ्जालले मंगलबार धनगढीमा भएको बैठकले खाद्यअधिकार दिवस बनाउने निर्णय गरेको थियो ।
बैठकमा कैलालीमा खाद्य अधिकार तथा सुरक्षाको अवस्था, खाद्य अधिकार हनन्का घटनाको न्यूनीकरण र सीमान्तकृत समुदायको खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन आगामी दिनमा गर्नुपर्न सामुहिक प्रयत्न र खाद्य सुरक्षा रणनीतिबारे छलफल भएको जनाइएको छ ।
बैठक सञ्जालका संयोजक धनपति ढुंगेलको अध्यक्षतामा भएको थियो ।
सञ्जालका अनुसार यस वर्ष ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं, भावी बसाइसराई व्यवस्थित गरौं” भन्ने नाराका विश्व खाद्य दिवस मनाइदै छ ।
बैठकमा दिवसका अवसरमा बृहत र्‍याली, कोणसभा, रेडियो बहस कार्यक्रम लगायतका गतिविधि आयोजना गरिनेबारे छलफल भएको संयोजक ढुंगलले बताए । त्यस्तै, खाद्यअधिकार बुलेटिन प्रकाशन गर्ने पनि निर्णय भएको छ ।
बैठकमा फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठक, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य देवी खनाल, लुथरन विश्व फेडरेशनका सामाजिक विकास अधिकृत हुकुम सार्की, ईन्सेकका कार्यक्रम अधिकृत दिलबहादुर चौधरी, राष्ट्रिय मानवअधिकार आयोगका विदेश चौधरी, धनगढी नगर कार्यपालिकाका सदस्य प्रेम विक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पतिराम सोव, सिएसएसडीका देवी थापा, याक नेपालका रोशनप्रसाद श्रेष्ठ र सर्जु चौधरी, महिला पैरवी मञ्चकी अध्यक्ष सपना भण्डारी, माइती नेपालका पशुपति कुँवर, एडजसका अनिता उपाध्याय, दलित महिलाअधिकार मञ्चका निर्मला विसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार