११ श्रावण २०८१, शुक्रबार

प्राविधिक तथा व्यावसायिक शिक्षाबारे छलफल



धनगढी । देश संघीय संरचनामा प्रवेश गरेसंगै प्राविधिक, व्यावसायिक शिक्षा र तालिमको स्वरुप कस्तो हुने ? भन्ने विषयमा सोमबार धनगढीमा छलफल भएको छ ।
प्राविधिक शिक्षा तथा तालिम व्यवस्थापन समितिका केन्द्रीय सदस्य डाक्टर कुलबहादुर बस्नेत सहितको टोलीले अव हुने प्राविधिक शिक्षाको स्वरूपबारे सुझाव संकलनका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसंग छलफल गरेको थियो ।
कार्यक्रममा कैलाली पोलिटेक्निकल कलेजका प्राचार्य मदनराज भट्टले श्रम मन्त्रालयको मातहतमा प्राविधिक शिक्षा सञ्चालन हुनुपर्ने बताए । अहिले १६ मन्त्रालयले विभिन्न शीर्षकमा प्राविधिक शिक्षा तथा तालिम सञ्चालन गर्दे आएकाले उपलब्धीमूलक नभएको चर्चा गरे ।
कार्यक्रमका सहजकर्ता प्रमोद आचार्यले प्राविधिक शिक्षालाई के, कसरी सवल र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने बारेमा देशका विभिन्न स्थानबाट सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
समितिले यसअघि देशका अन्य जिल्लामा सोही विषयमा सुझाव संकलन गरेको जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विकले प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन स्थानीय तहलाई अनुगमनको जिम्मेवारी दिनुपर्ने सुझाव दिएका थिए । उनले सरकार र निजी पक्षबाट थुपै्र तालिम सञ्चालन भए पनि उपलब्धीसून्य भएको बताए ।
कार्यक्रममा बोल्ने अधिकाँस जनप्रतिनिधिहरूले प्राविधिक शिक्षामा पाठ्यक्रम बढी भएको तर, प्रयोगात्मक शिक्षा नभएको भन्दै उनीहरूले अब प्रयोगात्मक शिक्षामा जोड दिन सुझाव दिएका थिए ।
सहभागिहरूले प्रत्येक प्रदेशमा प्राविधिक क्याम्पस स्थापना गर्नुपर्ने, प्राविधिक क्याम्पसबाट लामो अवधीका तालिमहरू सञ्चालन हुनुपर्ने, स्थानीय तहलाई छोटो अवधीका तालिम सञ्चालन गर्ने प्रावधान बनाउनुपर्ने लगायतका सुझाव राखेका थिए ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार