११ श्रावण २०८१, शुक्रबार

जलवायु परिवर्तनसम्बन्धी तालिम समापन



बौनिया । याक नेपालको आयोजनामा जलवायु परिवर्तन तथा संकटासन्नता विश्लेषण सम्बन्धी तालिम सोमबार सुखडमा समापन भएको छ । तालिम शनिबारबाट सञ्चालन भएको थियो ।
समापन कार्यक्रम याक नेपालका कार्यकारी निर्देशक डबल बमको अध्यक्षता भएको थियो । समापन कार्यक्रममा सहभागीको तर्फबाट ज्ञानु भण्डारी, याक नेपालकी कल्पना चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
याक नेपाल कैलालीको घरबगैचा परियोजना चौथो कार्यक्रम अन्तर्गत समुदायको संकटासन्नता विश्लेषण, अनुकुलन र योजना तयारी र स्थानीय तहको योजनामा मूलप्रवाहीकरण गर्न प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको याक नेपालका कार्यकारी निर्देशक बमले बताए ।
तालिममा साविक रामशिखरझाला र पहलमानपुरका १४ महिला समुहका ३० जनाको सहभागिता रहेको थियो ।
घरबगैचा कार्यक्रमका अधिकृत भूपेन्द्र भट्टले स्वागत गरेको कार्यक्रमको जगदिश भट्टले सहजीकरण गरेका थिए । कार्यक्रमको याक नेपालका अधिकृत देवी खनालले सञ्चालन गरेका थिए ।

असाेज २४ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार