४ माघ २०८१, शुक्रबार

जेसीज सप्ताह : स्विमिङ प्रतियोगिता आयोजना



धनगढी । धनगढी जेसीज, धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीजको संयुक्त आयोजनामा शुरु भएको जेसीज सप्ताह कार्यक्रम–२०१७ अन्तर्गत सोमबार स्विमिङ प्रतियोगिता भएको छ ।
स्विमिङ प्रतियोगितामा १५ जनाको सहभागिता रहेको प्रतियोगिता संयोजक सशांक कलौनीले जानकारी दिए ।
प्रतियोगितामा रविन चन्द प्रथम, दिलिप चौधरी द्वितीय र दिनेश विक तृतीय भएका थिए ।
जेसीज सप्ताहका क्रममा आज डण्डीवियो र टेवल टेनिस प्रतियोगिता आयोजना हुँदैछ । त्यस्तै, नि:शुल्क स्वास्थ्य शिविर, गजल साँझ लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ । सप्ताह २८ गतेसम्म चल्ने छ ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार