११ श्रावण २०८१, शुक्रबार

राप्रपा कैलालीका अध्यक्ष सिंह हटे : गुरुङ कार्यबाहक अध्यक्ष



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष गजेन्द्रबहादुर सिंहलाई जिम्मेवारीबाट हटाएको छ । सोमबार भएको बैठकले वरिष्ठ उपाध्यक्ष होमबहादुर गुरुङलाई कार्यबाहक अध्यक्ष चयन गरिएको छ । त्यस्तै, बैठकले छत्रकुमार शाहीलाई सचिवमा मनोनयन गरेको जनाएको छ । बैठकमा राप्रपाका केन्द्रीय सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, केन्द्रीय सदस्य रामदुलारी चौधरी, जनक कुँवर र सविना सिंह शाहको उपस्थिति रहेको थियो ।
सोमबार नै राप्रपाले नेपाललाई हिन्दूराष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसंगै राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार