१२ श्रावण २०८१, शनिबार

विविध कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस मनाइयो



धनगढी । ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस शुक्रबार कैलालीसहित देशभरी विविध कार्यक्रमसहित मनाइएको छ ।
‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइयो ।
दिवसको अवसरमा शुक्रबार धनगढीमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
क्यास्पियन एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको प्रतियोगितामा कैलालीका १४ विद्यालयको १६ समूह सहभागी रहेका थिए ।
प्रतियोगितामा स्टेपिङ स्टोन ग्रुप ‘बी’ प्रथम, एरिस्टो इंगलिस बोर्डिङ स्कूल ग्रुप ‘ए’ द्वितीय र एरिस्टो इंगलिस बोर्डिङ स्कूल ग्रुप ‘बी’ तृतीय भए ।
विजेता टिमलाई क्रमश: पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
यसअघि कार्यक्रमको धनगढीका स्रोतव्यक्ति रामबहादुर शाहीले उद्घाटन गरेका थिए । कार्यक्रम कक्षा १० का छात्रा सुस्मिता पाण्डेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्कूलका प्रधानाध्यापक अनिल मिश्र, संयोजक तपराज विनाडी, शिक्षक सन्दीप भट्ट, रमेश नेपाली, क्रसेन्ट सिटी स्कूलका सहायक प्रिन्सिपल नारायण निरौला, कृष्ण दाशलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सितोष्ना बिष्टले स्वागत गरेकी थिइन् । सुप्रभा शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कार्तिक शर्मा, भावना चौधरी, तनुजा भट्ट, सन्ध्या ठाकुर, रौनक भण्डारी र हर्शदा बिष्टले गरेका थिए ।
त्यस्तै, शिक्षा दिवसका अवसरमा धनगढीको शारदा विद्या निकेतनका विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका छन् ।
शारदा विद्या निकेतनका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आमाको माया छात्रावासमा रहेका बालबालिकालाई ४० थान कापी, ४० थान डटपेन तथा चार थान सामान्य ज्ञान पुस्तक वितरण गरिएको शिक्षक टेकराज भट्टले जानकारी दिए ।
त्यस्तै, दिवसका अवसरमा न्यू लाइट एजुकेशन होमले बाढीपीडित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलित रकमबाट भजनी नगरपालिका वडा नम्बर ८ को कालिका आधारभूत प्राथमितका विद्यालयका ८६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश पाण्डे, एजुकेशन होमका प्रधानाध्यापक जयकृष्ण तिमिल्सिना, लगायतको उपस्थिति रहेको थियो ।
उता, लम्कीचुहा नगरपालिकामा गठित वडा नम्बर १ स्तरीय बाल संञ्चालको आयोजनामा जनचेतनामूलक र्‍याली तथा सडक नाटक प्रर्दशन गरिएको छ ।
वडा स्तरीय बाल सञ्जालका अध्यक्ष कमल खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्जालका सचिव रोहन तिमिल्सैनाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा शिक्षक खड्क विक, नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिका सहसचिव देवानन्द न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा माध्यामिक विद्यालयको आयोजनामा अन्तरविद्यालय अन्तर्गतको हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
प्रतियोगितामा तपेन्द्र जैशी प्रथम, नविन खड्का द्वितीय र दीपक जोशी तृतीय भए ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण चौधरीले स्वागत गरेको कार्यक्रमको शिक्षक कर्णखर जैशीले सञ्चालन गरेका थिए ।

भदाै २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार