१४ बैशाख २०८१, शुक्रबार

स्थानीय आलुखेतीबारे अभिमुखीकरण



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका, मट्कौनामा स्थानीय आलु खेतीको अवलोकन तथा अभिमुखीकरण कार्यक्रम भएको छ ,
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत भएको सो कार्यक्रममा संस्थाका अधिकृत राजेन्द्र रैकाल प्राविधिक ज्ञान, संरक्षण सम्वद्र्धन, विस्तार बारे सहजिकरण गरेका थिए ।
सो अवसरमा मट्कौनास्थित मनकामना आईपीएम कृषक समूहका किसानले लगाएको थारू आलुखेतीको अवलोकन गरिएको थियो ।
फाया नेपालको प्राविधिक सहयोगमा तीन जना किसानले पाँच कट्टाबाट शुरु गरिएको थारू आलुखेती अहिले १५ जना किसानले दुई बिघामा भइरहेको समूहका अध्यक्ष सुन्दरी चौधरीले बताइन् ।

कात्तिक २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार