१७ बैशाख २०८१, सोमबार

प्रवासी नेपालीले गरे नेपाली राजदुतावास र एनआरएनएको प्रशंसा



युरोप/ प्रवासी नेपालीले लन्डनस्थित नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको प्रशंसा गरेका छन् ।

पासपोर्ट हराएका र म्याद गुर्जेका माल्टामा रहेका प्रवासी नेपालीले पासपोर्ट नविकरण लगायतका कन्सुलर सेवा पाएपछि खुसी हुँदै उनीहरुले नेपाली राजदुतावास र एनआरएनए माल्टाले गरेको कामको प्रशंसा गरेका हुन् ।

अप्रिल १३ तारीखदेखि सुरु भएको पासपोर्ट नविकरण लगायतका घुम्ती कन्सुलर सेवा १५ तारीखसम्म एनआरएनए माल्टाको कार्यालयबाट प्रदान गरिएको लन्डन राजदुतावासका तृतिय सचिव गजेन्द्र राईले बताए ।

आफू बसेकै ठाउँमा सजिलै सेवा पाएपछि माल्टामा रहेका प्रवासी नेपालीहरु धेरैखुसी भएका छन् । घुम्ती पासपोर्ट क्याम्पियनबाट एक हजार ५० जना प्रवासी नेपालीले पासपोर्ट नविकरण लगायत कन्सुलर सेवा लिएका छन् ।

सेवालिने नेपालीहरुले नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको टिमलाई धन्यवाद् समेत दिएको राईले बताए । उनले भने,“ कार्यालय सचिव विक्रम श्रेष्ठ र कार्यालय सहयोगी हरीबहादुर अछामी सहित हामी तीन जनाले सेवा दिरहेका छौं ।”

नियमानुसार लाग्ने राजश्व खर्चमात्र लिएर सेवा दिएको छ । प्रवासी नेपालीको सजिलोको लागि एक वर्षमा दुई पटक माल्टामा यस्तो नियमित सेवा राजदुतावासले दिदै आएको छ ।

यसपटक सेवा लिनेको संख्या पहिलेको भन्दा धेरै भएकोले पासपोर्ट लगातका अन्य कागजात नेपाल सरकारबाट प्रक्रिया पूरा गरेर आउन केही समय लाग्ने बताउँदै एनआरएनए माल्टाले सेवा प्रवाहको लागि गरेको व्यवस्थापन धेरै राम्रो लागेको राईले बताए ।

नेपाल झापा घर भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका संस्थापक अध्यक्ष तेजबहादुर लिम्बुले आफू पासपोर्ट नविकरण गर्न आएको बताए । आफू बसेकै ठाउँमा नियमित काम गरेर सेवालिन पाउनु सुनौलो अवसर भएकोले सेवादिने नेपाली राजदुतावास र समन्वयको काम गर्ने एनआरएनए माल्टाको टिमलाई धन्यवाद दिदै लिम्बुले प्रशंसा गरेका छन् ।

उनले भने,“ सजिलोसित सेवादिने गरी एनआरएनए माल्टाले गरेको जिम्मेवारी बाँडफाँड र व्यवस्थापनको काम मलाई धेरै राम्रो लाग्यो ।” अरु देशबाट पासपोर्ट लगायतका कन्सुलरका कामगर्न नेपालजाँदा समय र खर्च धेरै लाग्ने गरेको उनी बताउछन् ।

नेपालको बागलुङ घर भएकी माया थापा पनि श्रीमान् सहित विवाह दर्ताको लागि आवश्यक कागजात हातमा बोकेर आएकी थिइन । उनले पनि माल्टामै सेवा पाउँदा खुसी लागेको बताइन् ।

चितवन घर भएका आनन्द बस्ताकोटी पनि आफूले पनि पासपोर्ट नविकरुणको काम गरेको बताए । त्यसैगरि चितवन घर भएका र माल्टामा पत्रकारिता गर्दै आएका पत्रकार प्रकाश बगालेले आफूले पनि पासपोर्ट नविकरणको आवश्यक काम गरेको बताउँदै राम्रो सेवा प्रदान गर्ने नेपाली राजदुतावास र एनआरएनए माल्टाले गरेको कामको उनले पनि प्रशंसा गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले पासपोर्ट नविकारण लगायतका कन्सुलर सेवा प्रदान गर्ने लन्डनस्थित नेपाली राजदुतावास र व्यवस्थापनमा सहयोग गर्ने माल्टामा रहेका प्रवासी नेपालीलाई धन्यवाद् दिएका छन् ।

तीन दिनसम्म संचालन भएको पासपोर्ट हराएका, पासपोर्ट बिर्गेका, म्याद सकिएका र अन्य कन्सुलर सेवा सम्बन्धी संचालन भएको घुम्ती पासपोर्ट क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको उनले बताए ।

प्रवासी नेपालीलाई सेवा प्रदान गर्न एनआरएनए माल्टाको पूरै टिम डेढ महिना अघिदेखि फाराम संकलनको काममा निरन्तर खटिएको बताए ।

आफ्नो काम छोडेर बिदालिई संस्थागत रुपमा यसरी सेवा दिनको लागि खटिरहँदा पनि उल्टै विभिन्न तरिकाले गरिने टिकाटिप्पणीले मनदुख्ने गरेको खनालले बताए । राम्रो कामलाई राम्रो भनी सुधार गर्नुपर्ने ठाउँमा सबैले खबरदारी गर्न आवश्यक रहेको उनी बताउछन् ।

सेवा प्रदानको लागि प्रभावकारी समन्वय र सहयोगको काम गर्ने लन्डनस्थित नेपाली राजदुतावासका राजदुत ज्ञानचन्द्र आर्चाय, द्धितीय सचिव रामबाबु नेपाल, तृतिय सचिव गजेन्द्र राई, कार्यालय सचिव विक्रम श्रेष्ठ, कार्यालय सहयोगी हरीबहादुर अछामी र डिसिएम रोशन खनाल लयायतको टिमलाई अध्यक्ष खनालले धन्यवाद दिएका छन् ।

मानवीय सहयोग गर्ने हेतुले माल्टामा हेल्पलाईन संचालन गर्दै आएका हेल्पलाईनका संयोजक डीएस राणाले एनआरएनए माल्टा प्रवासी नेपालीका लागि अभिभावकीय संस्था भएको र पासपोर्ट नविकरणको लागि धेरै राम्रो काम गरेको बताए । नेपाली राजदुतावास र एनआरएनए माल्टाले गरेको कामको उनले दिल खोलेर प्रशंसा गरेकाछन् । तर सेवालिन आएका केही सेवाग्राहीले गुनासो गर्दै एनआरएनए माल्टाले सबैको मनजित्ने गरी स्पष्ट रुपमा कामगर्नु पर्ने बताएकाछन् ।

एनआरएनका उपाध्यक्ष सत्यनारायण झा हात जोडेर नमस्कार गर्दै सेवालिन आएका सेवाग्राहीलाई सम्मान गर्दै सेवामा खटिएको दृश्य निकै मनछुने थियो । उनी सेवाग्राहीलाई विन्रमताका साथ भनिरहेका थिए सेवालिदा केही असजिलो भएको भए माफ गर्नुहोला । झाको व्यवहारले सबैको मन जितेको थियो र सेवाग्राही खुसी देखिस्थे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका भुतपूर्व अध्यक्ष एवम् सल्लाहकार बाबु अर्यालले एनआरएनए माल्टाले राम्रो काम गरेको बताए । सेवा प्रदान गर्ने नेपाली राजदुतावासको टिम, नेपाल सरकार र सहयोग गर्ने माल्टामा रहेका नेपालीलाई अर्यालले धन्यवाद् दिएकाछन् । त्यसैगरी एनआरएनका सल्लाहकार सदस्य हरी बिसीले माल्टामा एनआरएनएले उदाहरणीय काम गर्दै आएको बताए ।

एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ,उपाध्यक्ष प्रकाश थापा र प्रेम लिम्बु, युवा उपाध्यक्ष विजय परियार, महिला उपाध्यक्ष सबनम गुरुङ, महासचिव सन्देश केसी, सचिव भुवन झा,कोषाध्यक्ष निरज श्रेष्ठ, सहकोषाध्यक्ष सुवास तिमिल्सिना,महिला संयोजक धनु लामा सदस्य क्रमशः दिपेश गुरुङ, हरीप्रसाद पौडेल,दामोदर लामीछाने, रेशम बहादुर बिक र कृष्ण भण्डारी सेवाग्राहीको सेवामा निरन्तर खटिएका थिए ।

टिम डाइनामिकका शंकर पोख्रेल,समुन्द्र भट्टराई,सौरभ कुँवर र राजीब केसी स्वयम् आफै खटिएर निशुल्क रुपमा फोटोकपी र प्रिन्ट गर्ने काममा सहयोग गरेका थिए । तामाङ समाज माल्टाका अध्यक्ष सुनिल दोङ, रविन तामाङ, झापाली समाज माल्टाका महिला उपाध्यक्ष शर्मिला बस्नेत, अन्तराष्ट्रिय झापाली समाजका लोकराज पौडेल, रमेश खत्री, एनएमएफसीका राजेन्द्र बिष्ट, आकाश गुरुङ त्यसैगरी बिशाल खत्री र फोटोग्राफर आकाश गुरुङले पासपोर्ट क्याम्पिएन सफलपार्न माथि उल्लेखित सबैले बिदा लिएर नै बिहान देखि साँझसम्म महत्वपूर्ण सहयोग गरेको सचिब भुवन झाले बताए ।

एनआरएनका युरोप क्षेत्रिय सचिब एवम् एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्यालले माल्टामा पासपोर्ट लगायत कन्सुलर सेवा संचालनले प्रवासी नेपालीलाई निकै ठूलो सहयोग पुगेको बताए । सेवाग्राहीको सहजताको लागि खटिने सबैलाई अर्यालले आगामी दिनमा रचनात्मक सहयोगको अपेक्षा राख्दै धन्यवाद् व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार