१४ बैशाख २०८१, शुक्रबार

‘नगरको विकासमा गैससको सहकार्य आवश्यक’



धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरको दिगो विकासका लागि गैरसरकारी संस्थाको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।
गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिको आयोजनामा सोमबारदेखि शुरु भएको प्रशिक्षण तालिम उद्घाटनका क्रममा नगर प्रमुख वडले गैसरकारी संस्थाहरूले विकास साझेदारको भूमिका अझ बढाउन आग्रह गरे ।
उनले छाडा पशुचौपाया, फोहोर मैला व्यवस्थापन जस्ता थुप्रै समस्या जटिल रूपमा रहेकोले समाधानका लागि सबैको सहयोगको आग्रह गरे ।
नगर प्रमुख वडले धनगढीमा रहेका छाडा पशुचौपाया व्यवस्थापन गर्न फूलबारी, देवहरिया र बेहडाबाबामा रहेका गौआश्रमसंग छलफल भइरहेको बताए ।
कार्यक्रम गैसस महासंघका बलराज रेग्मीको अध्यक्षतामा भएको थियो । तालिम भोली (बुुधबार)सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार