१४ बैशाख २०८१, शुक्रबार

चितवन समाज इजरायलमा बराल



इजरायल । चितवन समाज इजरायलको तेस्रो अधिवेशनबाट सरिस्मा बरालको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार इजरायलको गोलनहाइटमा भएको अधिवेशनबाट सो नयाँ कार्यसमिति चयन भएको हो ।
‘चितवनको विकास र सामाजिक भावना, समाजको एकता, समृद्धि चाहाना’ भन्ने नारासहित कामको सिलसिलामा इजरायलमा रहेका चितवनबासी आबद्ध चिवतन समाज इजरायल सन् २०१४ मा स्थापना भएको हो ।
यसअघि समाजको उपाध्यक्ष रहेकी बराललाई निर्विरोधरूपमा अध्यक्षमा चयन गरेको चितवन समाज इजरायलले जनाएको छ । सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रभा घिमिरे, प्रथम उपाध्यक्षमा चन्द्रप्रकाश ढकाल, द्वितीय उपाध्यक्षमा नीलम भुसाल, तृतीय उपाध्यक्षमा प्रभा पौडेल शर्मा तथा महासचिवमा चिरञ्जीवी मिश्र, सचिवमा गौरी शर्मा, सह–सचिवमा सबिसा थापा, कोषाध्यक्षमा रमा पौडेल, सह–कोषाध्यक्षमा गायत्री ढकाल चयन भएका छन् ।
यसैगरि सदस्यहरूमा कमला गुरुङ, दीना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ, जीना सिंह, सम्झना पन्त, सरस्वती बानियाँ, सीता अधिकारी, मोहन वस्नेत, खिला थापा, सरु तिमिल्सिना, लक्ष्मी बराल, देवी पौडेल र दमन्ती पुन चयन भएको नवनिर्वाचित अध्यक्ष सरिस्मा बरालले जानकारी दिइन् ।
चितवन युवा समूहका अध्यक्ष तथा समाजका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष मुक्तिप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवम् प्रवासी नेपाली नागरिक समाज इजरायलका संस्थापक अध्यक्ष नवराज खड्काको विशेष आतिथ्यता तथा समाजकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको अध्यक्षतामा भएको सो अविधेशनमा इजरायलमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार