१४ बैशाख २०८१, शुक्रबार

सार्वजनिक सुनुवाई



धनगढी । टिस्युकल्चर प्रविधिबाट केराको वेर्ना उत्पादन कार्यक्रम उपआयोजनाको दोस्रो सार्वजनिक सुनुवाई मंगलबार भएको छ ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगमा दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक नेपाल) प्राविधिक सहयोगमा साग गु्रप कृषि फार्मले सो उपआयोजना सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा जिल्ला कृषि कार्यालय, कैलालीका योजना अधिकृत लोकराज उपाध्यायले जिल्लामा केराखेतीको प्रचूर सम्भावना रहे पनि वीऊको अभावका कारण अपेक्षा गरेअनुरूप फस्टाउन नसकेको चर्चा गरे ।
कार्यक्रममा फार्मका प्रतिनिधि शम्भु कुँवरले एक लाख ५० हजार केराको वेर्ना उत्पादन गरी ५४ हेक्टर क्षेत्रमा केरा खेतीको विस्तार गर्ने उपआयोजनाको लक्ष्य रहेको बताए ।
कार्यक्रम गोमा अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार