१५ बैशाख २०८१, शनिबार

पुरानै संरचनामा निर्वाचन हुने प्रचारमा कुनै सत्यता छैन : प्रधानमन्त्री



16122016115047pm-1000x0पुस १, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणमा स्थानीय तहकै निर्वाचन हुने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेताबीच अहिलेको निकायलाई तह बनाएर निर्वाचन गर्ने छलफल भएको उनले बताए ।

स्थानीय निकायको पुरानै संरचनाअनुसार निर्वाचन हुने सार्वजनिक भइरहेको बेला दाहालले त्यस्तो कुनै निर्णय नभएको बताएका हुन् । ‘म, शेरबहादुर देउवा र केपी ओलीबीच गाविस र नगरपालिकालाई संशोधन गरी स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको हो तर निष्कर्षमा पुगिएको छैन,’ प्रेस सेन्टर कास्कीको भेटमा शुक्रबार उनले भने, ‘पुरानै संरचनामा निर्वाचन हुने प्रचारमा कुनै सत्यता छैन ।’ स्थानीय तहको निर्वाचन चैतभित्र गर्नुपर्ने भए पनि बैशाखमा सुरु भएर जेठसम्म पुग्नसक्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार