१४ बैशाख २०८१, शुक्रबार

किसानलाई अदुवाको वीऊ वितरण



धनगढी । कैलालीको गोदावरी नगरपालिका (साविक सहजपुर र निगाली गाविस) का किसानलाई अदुवाको वीऊ वितरण गरिएको छ ।
कैलाली उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रम आयोजना गरी सहजपुर सहकारी संस्थाका अध्यक्ष डबल खडायत र पौरखी सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष लोकबहादुर सारुलाई वीऊ वितरण गरेको छ । संघका अध्यक्ष शंकर बोगटीले उनीहरूलाई वीऊ हस्तान्तरण गरेका थिए ।
नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम अन्तर्गत दुई सहकारी संस्थालाई १०/१० क्विन्टल अदुवाको वीऊ हस्तान्तरण गरिएको संघका अध्यक्ष बोगटीले जानकारी दिए ।
कैलालीको साविक सहजपुर र निगाली गाविस अदुवाको पकेट क्षेत्र भएकाले सो स्थानका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन र जिविकोपार्जनमा सहयोग पुर्‍याउन वीऊ वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार