१५ बैशाख २०८१, शनिबार

धनगढीमा विद्यार्थी भर्ना अभियानः छोराछोरीलाई झोला बोकाएर मात्रै अभिभावकको दायित्व पुरा हुँदैन– नगरप्रमुख



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले छोराछोरीलाई किताबको झोला बोकाएर मात्रै अभिभावकको दायित्व पुरा नहुने बताएका छन् ।
बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रममा नगर प्रमुख वडले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकहरूमा अपनत्वको भावना हुनुपर्ने बताए । उनले भने– छोराछोरीलाई विद्यालय पठाएर मात्रै तपाईंहरू (अभिभावक) को दायित्व पुरा हुदैन, नियमित रुपमा विद्यालयको भ्रमण गर्ने, शिक्षक तथा विद्यार्थीले के गरिरहेका छन् ? लगायतका पक्षमा तपाईहरूले नै अनुगमन गर्नु आवश्यक छ ।
कार्यक्रममा नगर प्रमुख वडले विद्यालयमा भर्ना भएका पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।
त्यस्तै, उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपकबहादुर थापाले पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।
नगरप्रमुख वडले पुरन चौधरी, ऋतिक चौधरी, मिरा गुप्ता, आर्यन चौधरी र आयुष चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए । भने वडाध्यक्ष थापाले दलिबहादुर ओली, बिक्रम ओली, आर्यन चौधरी, कन्हैया चौधरी र आनन्द चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार