१४ बैशाख २०८१, शुक्रबार

वडाध्यक्षद्वारा विद्यार्थी भर्ना



धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ स्थित शुक्र माध्यमिक विद्यालयमा वडाध्यक्षको पहलमा एक अनाथ तथा एकजना अतिविपन्न परिवारका बालकलाई भर्ना गरिएको छ । चुरे गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर तामाङले भर्ना शुल्क तिर्ने गरी ती दुई जना बालकलाई स्कूल भर्ना गरिएको बताइएको छ ।
“हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याउँ” भन्ने नाराका साथ मुलुकभर एकसाथ शुरु भएको स्कूल भर्ना अभियानका क्रममा वडाध्यक्ष तामाङले विद्यालय जान नसकेका बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन गाउँपालिकाले पनि अभियान चलाएको बताए ।
विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले चुरे गाउँपालिका वडा नम्बर ५ मा संचालित विभिन्न विद्यालयमा बालबालिकालाई भर्ना गराउन सबै अभिभावकलाई अनुरोधपत्र पठाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार