कैलारीमा विप्लब कार्यकर्तामाथि फायरिङ

प्रकाशित मिति :

धनगढी । कैलारी गाउँपालिकामा एक राउण्ड गोली चलेको छ । कैलारी गाउँपालिका वडा नम्बर ६, खरूवाखेडास्थित बेलुकी चार बजेतिर स्थानीय राजाराम चौधरीलाई लक्षित गरेर गोली चलेको बताइएको छ ।

राजाराम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको समर्थक रहेको जनाइएको छ । राजाराम खेतमा गहुँ काटीरहेको अवस्थामा गोली चलेको तर, गोली उनलाई छुन नसकेको बताइएको छ । कैलाली प्रहरीले गोली चलेको पुष्टी गरेपनि कस्ले चलाएको हो र किन चलाएको हो भन्ने पत्ता लाग्न नसकेको जनाएको छ । ‘हाम्रो टोली त्यसतर्फ गएको छ । केही बेरमा विस्तृत विवरण आउँछ’ प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले भने ।

    Comment Here!