१४ बैशाख २०८१, शुक्रबार

वडास्तरीय भलिवल प्रतियोगिता शुरु



धनगढी । नयाँ वर्ष नजिकिएसंगै धनगढी उपमहानगरपालिका–१३, झलारीको जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा वडास्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ ।


राजपुर युवा क्लबको आयोजनामा शुरु भएको सो प्रतियोगितामा वडा नं. १३ का ६ टीमले सहभागिता छ । प्रतियोगिता उद्घाटन वडा अध्यक्ष विजयराज जोशीले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष जोशीले यस क्षेत्रका युवाहरुलाई खेलको माध्यमबाट राष्ट्रलाई चिनाउने जनशक्ति उत्पादन गर्ने आफ्नो उद्देश्य रहेको बताए । उनले खेलको विकास भएमात्र राष्ट्रको विकास हुने बताउँदै युवालाई खेल क्षेत्रमा लाग्न अनुरोध गरे ।


उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विनोद पन्त, समाजसेवी छत्रराज जोशी, जनता राष्ट्रिय माविका व्यवस्थापन समिति अध्यक्ष कृष्णानन्द गिरी, समाजसेवी दिपक कुँवर, वडा सदस्य हिरालाल राना लगायतले खेलक्षेत्रको विकासका लागि युवाहरु जागरुक भएर लाग्नुपर्ने बताए ।


राजपुर युवा क्लबका अध्यक्ष विरबहादुर खड्काको सभापतित्वमा शुरु भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राजपुर युवा क्लबका सदस्य डम्बर खड्काले गरेका थिए भने सञ्चालन राजपुर युवा क्लबका सदस्य निराशा सनमले गरेका थिए ।
बुधबार विहान भएको खेलमा राजपुर युवा क्लब सि टिमलाई हराउँदै आयोजक टीमले जित हासिल गरेको छ भने लक्ष्मीनगरको टीमलाई हराउँदै वडा नम्बर १३ टीमले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार